नेपाली काङ्ग्रेस काठमाडौं- ४ ले धान रोपेर धान दिवस मनायो

सबिन पन्त 'पृथक' १६ असार २०८१, शनिबार ०३:२१ मा प्रकाशित

काठमाडौं, नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं.४ ले राष्ट्रिय धान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ। 

सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यता तथा काठमाडौं ४ का कार्यवाहक सभापति रामप्रसाद लुइँटेलको अध्यक्षतामा  कार्यक्रम बूढानीलकण्ठ नगरपालिकाको वडा नं.-१३ को चुनिखेलमा तयार पारिएको खेतमा धान रोपेर मनाईएको हो। 

कार्यक्रममा प्रदेश सभा सदस्य मीना पराजुली, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिव्यमणि राजभण्डारी, अजयबाबु सिवाकोटीलगायत काङ्ग्रेसका नेताकार्यकर्ता, स्थानीय वासी र विद्यार्थीहरुको सहभागिता रहेको थियो। 

सभापति लुइँटेल आफै खेतमा गएर्वधान रोपाइँ गरेका थिए। रोपाइँ सकिएपछि कार्यक्रममा उपस्थित अतिथि लगायत सम्पूर्णलाई दहिचिउरा, तरकारी र अचारको खाजा व्यवस्थापन गरिएको थियो। 

प्रमुख अतिथि जीवन परियारले कार्यक्रममा बोल्दै कुनैबेला विदेशमा धान निर्यात गर्ने हाम्रो देश खेतीपातीमा पछि पर्नाले अहिले अरु देशबाट अर्बौंको धान आयात गर्न बाध्य छ। अब यस्तो समस्यालाई चिर्दै धान खेतीमा प्राथमिकता दिनुपर्ने बताए।