काठमाडौं, नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले आजदेखि सुरु गर्न लागेको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्।
काङ्ग्रेसपूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो। तर देउवाले सो निम्तो अस्वीकार गरेका हुन्। निम्तो गरे पनि उनी जाने कुनै कार्यक्रम नरहेको
काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले बताएका छन्।
देउवालाई निमन्त्रणा पठाइएको भए पनि उनी उद्घाटन समारोहमा सहभागी हुने चर्चा ‘कुप्रचार’ मात्रै भएको नेता डा.प्रकाशशरण महतले जानकारी दिए।
यसैबीच देउवा पक्षले पनि असोज १५ गतेदेखि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नो केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ।