काठमाडौं, तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा पहिरो खस्दा पेट्रोलपम्पमा क्षति पुगेको छ।
आईतवार बिहान करिब ९ बजे तनहुँ आयल डिस्ट्रीब्युटरको पूर्वतर्फबाट करिब ५० मिटर तल खसेको पहिरोले पेट्रोलपम्पको एक डिजेल ट्याङ्की बगाएको हो।
पहिरोका कारण एक पेट्रोल ट्याङ्की तथा पेट्रोलपम्पका दुईवटा एकतले कच्ची भवनसमेत जोखिममा परेका छन्। घटनामा मानवीय क्षति नभएको र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।