काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतमाअर्याल

HTV Khabar २० श्रावण २०८३, बिहीबार ०६:४५ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव मुक्तिराम अर्याल सरूवा भएका छन्।

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएसँगै रिक्त स्थानमा अर्याललाई पठाइएको हो। अर्याल एक वर्ष अघि मात्र पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन्।

गुल्मी मालिकाका अर्याल डेढ वर्ष अगाडि मात्र आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। डेढ वर्ष कै बीचमा अर्यालले पोखरा र काठमाडौं जस्ता ठूला दुई महानगरपालिकाका हाँक्ने अवसर पाएका हुन्।

अर्याल पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुअघि लोक सेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए। त्यहाँबाट पोखरा महानगरपालिका हुँदै काठमाडौं भित्रिएका छन्।