नाबालक छोरासहित सुतेकी महिलामाथि सामूहिक बलात्कारमा संलग्न २ जना पक्राउ

HTV Khabar ८ श्रावण २०८१, मङ्गलबार ०८:२२ मा प्रकाशित

काठमाडौं,  सल्यानमा नाबालक छोरासहित सुतेकी एक महिलामाथि सामूहिक बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारमा संलग्न एकजना भने फरार छन्।

वनगाड कुपिन्डे नगरपालिका १, बुरेलीस्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि असार ३१ गतेको मध्यरातमा सामूहिक बलात्कार भएको हो।

मध्यरातमा ३ युवाले महिलाको माइतीघरमा जबरजस्ती प्रवेश गरेर घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर सामूहिक बलात्कार गरेको सल्यान प्रहरीले जानकारी दिएको छ।

बलात्कार आरोपमा वनगाड कुपिन्डे नगरपालिका १, देवस्थलका २१ वर्षीय वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई अहिले वनगाडको देवस्थलमै बस्ने २४ वर्षीय मानबहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी (प्रहरी निरीक्षक) रेशमबहादुर खत्रीले जानकारी दिए।

बलात्कारपछि फरार रहेका तीन जनाविरुद्ध पीडितले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजी गर्ने क्रममा साउन २ गते सल्लीबजार नजिकबाट पक्राउ गरेको थियो।