कुमारी बैंककी कर्मचारी तृप्ती राणा हुण्डी कारोबारमा संलग्नताको आरोपमा पक्राउ !

HTV Khabar २७ असार २०८१, बुधवार ११:४१ मा प्रकाशित

काठमाडौं, कुमारी बैंकमा कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणा पक्राउ परेकी छन्। विदेशमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउने नाममा हुण्डीको कारोबार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार राणाले बैंकमा पटक पटक ठूलो रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएको भन्दै बैंकले तयार गरेको प्रतिवेदनका आधारमा उनी विरुद्ध बैंकले नै उजुरी गरेको थियो।

केहि कुरा बुझ्नुछ भन्दै उनको कार्यालयमा पुगेका प्रहरीले उनलाई उनकै गाडीमा थापाथली ल्याएको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ पुर्जी थमाएको थियो ।जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर उनीविरुद्ध थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनी कुमारी बैंकको युनियनकि नेतासमेत हुन्।