काठमाडौं, पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन्।
भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए। सर्भेका लागि सरकारी अनुमति लिएर आएको भन्दै कन्सल्टेन्सीका प्राविधिकले बताएपनि स्थानीयले मानेका थिएनन्।
आज वडा नम्बर ७ मा सर्भे गर्दा गर्दै उनीहरूलाई स्थानीयबासीले घेरेका हुन्।कारमा रहेका दुईजना प्राविधिकलाई प्रहरीले सुरक्षित स्थानमा लगेको चितवनका डीएसपी भेषराज रिजालले बताए। स्थानीयले लगाएको आगो प्रहरीले निभाएको थियो।