बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने

HTV Khabar ३२ असार २०८१, सोमबार ०८:१९ मा प्रकाशित

काठमाडौं, सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।