काठमाडौं, बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ।
शनिवार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जाने बाटोमा लगाइएको पर्खाल भत्किँदा प्रहरी चौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो।
भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। चौकीमा कार्यरत प्रहरीहरू भने सुरक्षित रहेको बताइएको छ।
पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ। यहाँ शुक्रबारदेखि अविरल वर्षा भइरहेको छ।