सिमलताल पहिरो : पश्चिम चितवनको गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

HTV Khabar ३१ असार २०८१, आइतबार १२:५८ मा प्रकाशित

चितवन, पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो।

शुक्रवार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो। भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ। उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन्।