काठमाडौं, दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन्। उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।
उनीहरुले रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खडा गरेका थिए। पक्राउ परेकाहरुलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको एसपी फुयालले बताए।