काठमाडौं, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको अफिस सर्ने भएको छ। परिसरको भद्रकाली र अपराध अनुसन्धान कार्यालयको टेकुमा सर्न लागेको हो।
परिसरको भवन करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको छ। आगामी २६ असारमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सो भवनको उद्घाटन गर्ने र त्यही दिन प्रहरी सर्ने तयारी छ।
परिसर हाल टेकुस्थित नेपाल आयल निगमको भवनमा छ। साथै, परिसर नयाँ भवनमा सरेसँगै उसको कार्यालय रहेको टेकुस्थित कार्यालयमा अपराध अनुसन्धान कार्यालयलाई राख्ने प्रक्रिया अघि बढेको छ।
अपराध अनुसन्धान कार्यालय हाल मिनभवनमा भाडाको घरमा छ। उसको पनि नयाँ भवन टेकुमा निर्माण भइरहे पनि ढिलाइ भएको छ।