६ लाख घुससहित इन्जिनियर पक्राउ !

HTV Khabar ३० असार २०८३, बुधवार ०५:०५ मा प्रकाशित

काठमाडौं,  इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई केही बेरअघि नियन्त्रणमा लिएको हो। आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका-९ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको हो।