काठमाडौं, विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ।बुधवार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो।
सो दुर्घटना ३० जना प्रहरी घाइते भएका छन्। जसमध्ये ५ जना गम्भीर घाइते भएका छन्।
घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको बताइएको छ। गाडीमा ५४ जना प्रहरी सवार रहेको बुझिएको थियो।