सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, ३ कम्प्युटर जले

HTV Khabar ३१ भाद्र २०८३, बुधवार ०३:१३ मा प्रकाशित

काठमाडौं,  सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ। बुधवार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो।

मुद्दा फाँटका २० र २१ नम्बरमा आगलागी हुँदा तीनवटा कम्प्युटर जलेका छन्। यसअघि यही भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। यस्तै गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो।

त्यसपछि सर्वोच्च अदालत नयाँ भवनमा सञ्चालन गरिएको हो। नयाँ भवनमा पनि दुईपटक आगलागीको घटना भएको छ।