एआईजी जोशीको प्रहरी हेडक्वाटरबाट बिदाइ

HTV Khabar २० असार २०८१, बुधवार १०:३८ मा प्रकाशित

काठमाडौं, सेवानिवृत्त हुन लागेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ।

मंगलवार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुन लागेका जोशीलाई बिदाइ गरेका हुन्।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामनासहित बिदाइ गरेका थिए।

सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकाश हुँदैछन्।