पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

HTV Khabar ७ श्रावण २०८१, सोमबार ०२:३६ मा प्रकाशित

सर्लाही,  राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो। ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। 

रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनु भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।