जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते

HTV Khabar २ श्रावण २०८१, बुधवार १२:०१ मा प्रकाशित

काठमाडौं,  जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका छन्।

कुशे गाउँपालिका-८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उपचारका लागि सुर्खेत लगिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुसोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती ३५ वर्षीया दलसरी थापा, उहाँकी छोरी ४ वर्षीया हस्तिका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा गम्भीर घाइते भएका छन्।

गए राति पहिरोले टहरा पुरेलगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह जानकारी दिए।